नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई सो नियुक्तिको बारेमा जानकारी दिएका हुन् ।महानिर्देशक नियुक्त हुनुअघि डंगोल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए ।

यसअघि उनले नागरिक उड्डयन प्राधिकरणकै निमित्त महानिर्देशकका रूपमा समेत सफलतापूर्वक कार्यभार सम्हालिसकेका छन् ।नवनियुक्त महानिर्देशक डंगोलले यसअघि पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा सरकारी सेवा गरेका थिए ।

शाखा अधिकृतकै रूपमा कार्यरत रहँदा उनले लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट सिधै सहसचिवमा नाम निकालेका थिए ।नेपालको हवाई क्षेत्रको सुधार र प्राधिकरणको कुशल व्यवस्थापनका लागि डंगोलको यस नियुक्तिलाई महत्त्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *