प्रतिनिधि सभा निर्वाचन: ५ अर्ब खर्च (विवरणसहित)

काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को कुल खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार फागुन २१ गते सम्पन्न भएको उक्त निर्वाचन झन्डै ५ अर्ब रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

मंगलबार आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको अन्तिम खर्च विवरणबारे आधिकारिक जानकारी दिनुभएको हो। प्रवक्ता भट्टराईका अनुसार यस पटकको निर्वाचनमा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशका कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता संख्यालाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिमतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च भएको देखिन्छ ।

सरकारले निर्वाचनका लागि आयोगलाई कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट उपलब्ध गराएको थियो। उपलब्ध गराइएको कुल बजेटमध्येबाट निर्वाचन सम्पन्न हुँदा झन्डै १ अर्ब ७५ करोड रुपैयाँ सरकारी कोषमा बचत समेत भएको आयोगको विवरणले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *