२ हप्तामा सुधारका संकेत देखाउने प्रारम्भिक कदम
सरकार गठन भएको दुई हप्ताभित्रै केही महत्वपूर्ण नीति निर्णय र प्रशासनिक सुधारका पहलहरू सुरु भएका छन्। सरकार गठनसँगै प्रशासनिक दक्षता, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार सरकार गठनको प्रारम्भिक दुई हप्तामै देखिएका यी पहलहरूले शासन प्रणालीमा सुधारको संकेत दिएका छन्। यद्यपि, दीर्घकालीन परिणाम भने नीति कार्यान्वयनको प्रभावकारितामा निर्भर रहने उनीहरूको भनाइ छ।


