न्याय सेवामा महिला अब्बल, खुला प्रतिस्पर्धाको ४४ सिटमा ३८ जना महिला सिफारिस

काठमाडौं । लोक सेवा आयोगले हालै प्रकाशित न्यय सेवा, न्याय र सरकारी वकिल समूह, तृतीय श्रेणी, शाखा अधिकृत तथा सो सरह पदका परिणाममा महिलाले उल्लेखनीय सफलता हासिल गरेका छन् । खुला प्रतिस्पर्धामा समेत महिलाले अब्बलता देखाएका कारण यसलाई न्याय क्षेत्रमा लैङ्गिक समानताको दृष्टिले सकारात्मक प्रगति हो । आयोगगको विज्ञापन नं. १६६९४÷०८१–८२ अन्तर्गत न्याय सेवाका लागि रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका लागि खुलातर्फ ४४ जनामा ३८ जना महिलाले नाम निकाल्न सफल भएका छन् ।


महिलालाई न्यय सेवामा प्रवेश गर्ने होइन, उत्कृष्टताका साथ प्रतिस्पर्धा गर्ने क्षमता अब्बल रहेको देखाएको छ । खुला प्रतिस्पर्धाका पदहरुमा समेत महिलाको उल्लेखनीय सफलता देखिनु, न्याय क्षेत्रमा महिलाको पहँच विस्तार हुँदै गएको बताउँछन् कानूनविद ‘न्याय र कानुन क्षेत्रलाई सर्वसमावेशी बनाउन महिलाको सशक्त उपस्थिति हुन्छ यसपटक परिणामले महिला अवसर पाउँदा कत्तिको सक्षम प्रदर्शन गर्न सक्छने भन्ने प्रमाण बनेको छ ।’


आयोगले खुला, महिला, आन्तरिक, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका लागि भनेर विज्ञापन खुलाएको थियो । जसमा खुलातर्फ ४४, महिला १३, आन्तरिकका लागि ९, मधेशीतर्फ ८, दलित तर्फ ४ अपाङ्गतर्फ १, र पिछडिएको क्षेत्रकाक लागि २ जना गरी कूल ८१ जनाका लागि लोकसेवा आयोगले लिखित र मौखिक परीक्षा लिइएको थियो । यी नियुत्तिका लागि न्याय र कानून समूहका उम्मेदवारहरुलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सरकारी वकिल समूह उम्मेदवारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा सिफारिस गर्ने गरी निणर्य गरिएको छ ।

बिस्तृत विवरणका लागि तलको लिंकमा गएर क्लिक गर्नुहोस् ।

https://psc.gov.np/uploads/others/%E0%A5%A7%E0%A5%AC%E0%A5%AC%E0%A5%AF%E0%A5%AA-%E0%A5%A7%E0%A5%AC%E0%A5%AD%E0%A5%A6%E0%A5%A6-%E0%A5%AE%E0%A5%A7-%E0%A5%AE%E0%A5%A8_%E0%A4%B8%E0%A4%BF%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%B8_%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *