राजनीतिक जुलुस र सभामा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने गृहको स्पष्टोक्ति

गृह मन्त्रालयले निर्वाचनमा राजनीतिक जुलुस र सभामा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने जनाएको छ।

आइतबार मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी निर्वाचनमा दल वा उम्मेदवारले जुलुस, आमसभा र घरदैलो भेटघाट गर्दा बढीमा दस वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने बताएका हुन्। तर प्रचारप्रसार गर्न जाँदा भने राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने मन्त्रालयले भनेको छ। 

‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ऱ्याली गर्दा बढीमा दस वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

हेर्नुहोस् विज्ञप्तिः

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *