काठमाडौं, ।‘काष्ठमण्डप संवाद श्रृंखला–२’ आजदेखि राजधानी काठमाडौंमा सुरु भएको छ । ‘एमसीसीले नेपालमा के ल्याउँछ: तथ्य र सिकाइ’ शीर्षकमा आयोजना गरिएको यो दुई दिने अन्तर्राष्ट्रिय कार्यक्रम काठमाडौंस्थित र्याडिसन होटलमा भदौ ८ र ९ गते सञ्चालन भइरहेको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा आइतबार कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा विक्रम सिंह, डा. ज्योति गिरीलगायतको उपस्थिति रहको छ । नेता मोहन विक्रम सिंहले आफु ६० वर्ष पछि पहिलो पटक सार्वजनिक मञ्चमा उभिएको बताए ।

उद्घाटनपछि ‘अमेरिकी वैश्विक विदेश नीतिमा इन्डो प्यासिफिक रणनीति र एमसीसी परियोजना’ विषयमा पूर्ण सत्र (पूर्ण सत्र हुनेछ) ।
जसमा पूर्व उपप्रधानमन्त्री भीम रावल, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, माओवादी महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव चन्द्र, प्राध्यापक युवराज संग्रौला र चीनका सिचुवान विश्वविद्यालयका डा. ह्वाङ झेन्दुओले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
दिउँसोको सत्रमा ‘नेपालमा एमसीसी परियोजनाको सुरुवात र प्रभावहरु’ विषयमा डा. भीम रावलले विशेष प्रस्तुति दिनेछन् भने नेपालमा एमसीसी परियोजना : इन्डो(प्यासिफिक रणनीति र बहसहरु शीर्षकमा लिलामणि पौडेलको संयोजकत्वमा अन्तर्राष्ट्रिय विज्ञहरूले विचार प्रस्तुत गर्नेछन् । यस्तै, श्रीलंकामा एमसीसीको अनुभवबारे अनुसन्धानकर्ता शिरन इलानपरुमाले विशेष प्रस्तुति दिनेछन् ।
सोमबार “अमेरिकी नीतिको असंगति र नेपालमा यसको प्रभाव” र “अगाडिको बाटो : नेपालको लागि अन्तर्राष्ट्रिय सहयोगबाट सिकाई” विषयमा छलफल गरिनेछ । यसमा नेपाल, चीन, जर्मनी, फिलिपिन्सलगायतका देशका प्राध्यापक, अनुसन्धानकर्ता, अधिवक्ता र पत्रकारहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
दुई दिनसम्म चल्ने यो संवाद श्रृंखलामा नेपालमा एमसीसीको प्रभाव, भूराजनीतिक सन्दर्भ र अन्तर्राष्ट्रिय सहयोगका सिकाइबारे गहन बहस हुने आयोजक “फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसियलिज्म” ले जनाएको छ ।