राप्ती राजमार्गमा सवारी सुचारु

राप्ती राजमार्गको चेनेज ४८+५०० किमि (राम्री-कपुरकोट खण्ड) मा राति पहिरो आइ सवारी आवागमन अवरुद्ध भएको थियो । सडक डिभिजन दाङ र यान्त्रिक कार्यालय दाङबाट खटिएका जनशक्ति तथा यान्त्रिक उपकरणहरूले आज बिहानैदेखि पहिरो हटाउने कार्य गरी सवारी सुचारु भएको बारे सडक डिभिजन दाङले जानकारी दिएको छ। सो खण्डमा वर्षा मौसममा पहिरो आइ सवारी आवागमन अवरुद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सडक डिभिजन दाङले ह्वील लोडर कपुरकोट क्षेत्रमा तैनाथी अवस्थामा राखेको छ। यस सडक खण्डमा वर्षा मौसममा जुनसुकै समयमा पहिरो आई सवारी आवागमन बन्द हुनसक्ने भएकोले अति आवश्यक अवस्थामा, सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्नको लागि सडक डिभिजन दाङले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *