राजस्व वृद्धि सामान्य, झन् घट्यो पुँजीगत खर्च

यसवर्ष सरकारले उठाउने राजस्वमा सामान्य सुधार देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर मसान्तसम्म ४ खर्ब ६ अर्ब राजस्व उठेको छ। यो गत वर्षको तुलनामा १.६५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा तीन खर्ब ९९ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।

कर राजस्व पनि ५.१४ प्रतिशतले बढेको छ।

यो अवधिमा तीन खर्ब ८२ अर्ब रूपैयाँ कर राजस्व संकलन भएको छ। गत वर्ष यो समयमा तीन खर्ब ६२ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो। गैरकर राजस्वमा भने ५३ प्रतिशतको गिरावट छ। २४ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो। गत वर्ष यही समयमा ३७ अर्ब रूपैयाँ गैरकर राजस्व संकलन भएको थियो।

त्यस्तै समग्र खर्च जम्मा १.४ प्रतिशतले बढेको छ। यो अवधिमा समग्र रूपमा ५ खर्ब ६४ अर्ब रूपैयाँको खर्च भएको छ। गत वर्ष यसै अवधिमा ५ खर्ब ५६ अर्ब रूपैयाँ खर्च भएको थियो। 

Laxmi bank

पुँजीगत खर्च र वित्त व्यवस्थापन खर्च भने घटेको छ।

Ncell

पुँजीगत खर्च गत २० प्रतिशतले घटेर ३३ अर्ब ८७ करोड रूपैयाँ मात्रै खर्च भएको छ। गत वर्ष यसै समयमा ४० अर्ब ८० करोड रूपैयाँ खर्च भएको थियो। 

वित्त व्यवस्थापन खर्च एक खर्ब ३२ अर्ब रूपैयाँ खर्च भएको छ। गत वर्ष यसै अवधिमा एक खर्ब ५१ अर्ब रूपैयाँ  वित्त व्यवस्थापन खर्च भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *