रियल म्याड्रिडलाई म्यानचेस्टर सिटीले हरायो

युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो।

खेलको २८ मिनेटमा रोद्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

३५ मिनेटमा सिटीका निको ओ रेलीले बराबरी गोल फर्काए।

४३ मिनेटमा सिटीले पाएको पेनाल्टीलाई अर्लिङ हालान्डले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

Laxmi bank

दोस्रो हाफमा दुवैबाट गोल नभएपछि सिटी विजयी भएको थियो।

Ncell

जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १३ अंक जोडेको छ।

पराजित भएको रियल १२ अंकका साथ सातौं स्थानमा छ।

गएराति नै भएको खेलमा लिभरकुसेन र न्यूकासलले २-२ गोलको बराबरी खेले। बेनफिकाले नापोलीलाई २-० गोलले पराजित गर्दा एथ्लेटिक क्लब र पिएसजीले गोलरहित बराबरी खेले।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *