विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एसोसिएसन(डिन) को ४५ औं वार्षिक उत्सव मनाइयो

२३ जेठ, ललितपुर । पुल्चोक स्थित याक प्यालेसमा डिप्लोमा इन्जनियर्स एसोसिएसन(डिन) को ४५ औं वार्षिक उत्सव शुरु भएको छ । प्रतिनिधी सभाका सम्माननीय सभामुख देवराज घिमिरेबाट उद्घाटन गरिएको कार्यक्रममा हाल प्राविधिक सत्र चलिरहेको छ । कार्यक्रमको सभापतित्व DEAN का अध्यक्ष तथा SDEF का अध्यक्ष इन्जिनियर कामेश्वर प्रसाद सिंहले गरेका थिए। उद्घाटन सत्र बिहान ८:३० बजे सुरु भई ९:३० बजे सम्पन्न भएको थियो।

विश्व वातावरण दिवस(जुन ५) को अवसर पारेर सञ्चालित कार्यक्रममा इन्जिनियरिंग क्षेत्रका विज्ञ, पेशाकर्मी, योजनाविद् एवं विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको सञ्चालन DEAN की महासचिव तथा SDEF कार्यसमिति सदस्य इन्जिनियर बिन्दिया कार्कीले गरेकी थिइन्। प्रारम्भमा सहअध्यक्ष इन्जिनियर प्रदीप कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने DEAN का पूर्वअध्यक्ष तथा सल्लाहकार इन्जिनियर खड्ग केसीले कार्यक्रमको प्रमुख विशेषताहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा ‘राष्ट्रिय गान’ र ‘इन्जिनियरिङ गान’ समेत प्रस्तुत गरिएको थियो। शहीदहरूप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

प्रमुख अतिथिको रूपमा सभामुख घिमिरेले वातावरणीय संकटसँग जुझ्न इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणमा प्रविधिको सदुपयोग जरुरी रहेको बताएका थिए ।साथै, विशेष अतिथिका रूपमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्री देवेन्द्र दाहालले वातावरण संरक्षणमा सरकारको पहल र साझेदारीको आवश्यकता औँल्याएका थिए । कार्यक्रममा बागमती प्रदेशका सांसद तथा संरक्षक डा. दिनेशचन्द्र देवकोटा पनि विशेष अतिथिका रूपमा सहभागी भएका छन् ।

विस्तृत विवरण/ब्रोसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *