प्रदेश लोक सेवा आयोग, गण्डकीले स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित गरेको हो।

बुधबार प्रकाशित सूचनाअनुसार स्थानीय तहबाट माग भई आएका रिक्त पदहरूमा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी समूहअन्तर्गत पदपूर्ति प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ।
विज्ञापनअनुसार प्राविधिकतर्फ प्राविधिक पदअन्तर्गत असिस्टेन्ट सब–इन्जिनियर (सिभिल), खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्। यी पदहरूमा खुला, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अपाङ्ग तथा खस आर्य समूहअनुसार पद संख्या छुट्याइएको छ।

यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।
_BQQvOkuXtk.gif)




