काठमाडौं महानगरले गर्‍यो क्रिकेटर सोमपालसहित ६ खेलकर्मीलाई १ लाख नगदसहित सम्मान

काठमाडौं महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा क्रिकेटर सोमपाल कामीसहित विभिन्न खेलाडीलाई सम्मान गरिएको छ।

टुँडिखेलमा आयोजना गरिएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले  समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने ६ खेलकर्मीसहित १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। उनीहरुलाई जनही १ लाख रुपियाँ नगदसहित सम्मान प्रदान गरिएको हो । 

जसमा क्रिकेटर सोमपाल कामीसहित यू-१९ महिला भलिबल टोलीकी कप्तान जेनिशा विश्वकर्मा, पूर्व पौडी खेलाडी नयना शाक्य, फिफा पूर्व रेफ्री ज्ञानुराज श्रेष्ठ, पावर लिफ्टिङ् खेलाडी रुवी श्रेष्ठ र महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा छन्। 

यस्तै सांस्कृतिक अध्येता तथा नेवाः मानवअधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौत्तम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद प्रा. डा. केदारभक्त माथेमा, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, युरोलोजिष्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, ललितकलाकर्मी गोविन्दलाल डंगोल, र समाजसेवी रञ्जनलाल श्रेष्ठ पनि सम्मानित भए। 

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *