१० वर्षको सास्तीपछि ‘इको’ पहिरो मर्मतका लागि तात्यो सरकार

सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ पहिरो रोकथामका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन चरिकोटले एक सूचना जारी गर्दै ‘इको पहिरो’ (चेनेज ११३+०००) को मर्मतका लागि ठेक्का आह्वान गरेको हाे ।

Tata

सडक डिभिजन चरिकोटका सूचना अधिकारी तथा इन्जिनियर नेत्र पौडेलले आगामी असार मसान्तभित्र पहिरो मर्मत सम्पन्न गर्ने गरी ठेक्का आह्वान भएको रातोपाटीलाई जानकारी दिए । इन्जिनियर पौडेलले भने,‘अहिले ठेक्का आह्वान भइसकेको छ । एक महिनापछि निर्माण कम्पनी छनोट गरी ठेक्का सम्झौता गरिन्छ र  मर्मतकार्य अघि बढ्छ । पहिरो मर्मतका लागि यो आर्थिक वर्षभित्र (२०८३ असार मसान्तभित्र) सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।’

असार मसान्तभित्र यो  पहिरो मर्मत सकिने र आगामी वर्खामा अहिलेको जस्तो समस्या झेल्नु नपर्ने उनको भनाइ छ । 

Laxmi sunrise bank

गत असार २४ गते चीनतर्फबाट आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प भयो । यसपछि चीनबाट आयात गरिने शतप्रतिशत मालवस्तु  दोस्रो नाका तातोपानीबाट ल्याउन थालिएको थियो । तर २०८२ साउन १८ गते आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा  पहिरोमा करिब २५० मिटर सडक प्रभावित भएको थियो ।

Shivam Cement

जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो । यो सडकमा पहिरो गएपछि चीनतर्फबाट आयात गरिएका मालवस्तु सहितका कन्टेनर महिनौँसम्म रोकिएका थिए । कतिपय व्यवसायीले कुहिने खालका सामग्री भरिया लगाएर ओसारेका थिए ।  

Nabil bank

साउन यता पटक–पटक पहिरो जाँदा यो राजमार्गमा स्थानीय र आयातकर्ताले निकै सास्ती भोग्नु परेको थियो । तीज, दसैँलगायत चाडपर्वका लागि आयात गरिएका सामग्रीसमेत बाटोमै रोकिएका थिए । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको निर्देशनमा तत्काललाई अस्थायी रूपमा मर्मत गरी यो सडक सञ्चालनमा ल्याइयो ।

वार्षिक अर्बौँ राजस्व सङ्कलन हुने नाकाको सडक मर्मत र बस्ती सुरक्षामा सरकारले आलटाल गरेको भन्दै स्थानीयले सडकमा कालो ब्यानर टाँगेर विरोध जनाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनमा तत्काल ठेक्का खुलाएको हो । 

तर उक्त क्षेत्रमा पहिरोका कारण बस्ती प्रभावित बनेको भन्दै स्थानीयबाट विरोध भइरहेको थियो । उक्त पहिरो दीर्घकालीन मर्मत नगरेको भन्दै अघिल्लो शनिबारदेखि स्थानीयले राजमार्ग ठप्प बनाएर विरोधमा उत्रिएका थिए । वार्षिक अर्बौँ राजस्व सङ्कलन हुने नाकाको सडक मर्मत र बस्ती सुरक्षामा सरकारले आलटाल गरेको भन्दै स्थानीयले सडकमा कालो ब्यानर टाँगेर विरोध जनाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनमा तत्काल ठेक्का खुलाएको हो । 

पहिरोले १० वर्षदेखि बस्ती जोखिममा

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण धाँजा फाटेर बनेको यो पहिरोले वर्षात हुँदा पटक–पटक दुःख दिँदै आएको थियो । यो पहिरोका कारण १० वर्षदेखि कोदारी, गुम्बाडाँडा, दसकिलो लगायतका दर्जनौँ बस्ती उच्च जोखिममा रहेका छन् । वर्षायाममा यो पहिरो राष्ट्रिय मुद्दा बन्ने तर हिउँदमा ओझेलमा पर्दा मर्मत हुन नसकेको स्थानीयले गुनासो गर्ने गरेका छन् । 

यस्तै यो पहिरो मर्मतका लागि सरकारले चीन सरकारको सहयोगको अपेक्षा गरेको थियो । सडक विभागकाअनुसार यो पहिरो दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चीनलाई अनुरोध गरेको थियो । चिनियाँ टोलीले पनि उक्त क्षेत्रको अध्ययन गरिसकेको र लामो समयसम्म टिक्नेगरी मर्मत गरिदिन आग्रह गर्दै आएको थियो । 

तर पटक–पटकको अनुरोधपछि चीन सरकारको वेवास्ता, प्रक्रियागत ढिलाइ र नाकाको संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले आफ्नै लगानीमा पहिरो नियन्त्रण गर्ने निर्णय गरेको हो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार आयोजनाको लागत इस्टिमेट करिब ४८ करोड रुपैयाँ रहेको छ । यद्यपि, प्रतिस्पर्धामा जाँदा यो रकम घटबढ हुन सक्नेछ ।

अध्ययनमै तीन महिना, कसरी गरिन्छ मर्मत ?

यो पहिरो रोकथाम तथा व्यवस्थापनका लागि सडक विभागको टोलीले गरेको अध्ययनमा नै तीन महिना समय लागेको  छ । प्राध्यापक तथा भूगर्भविद् रञ्जन दाहाल नेतृत्वको विज्ञ टोलीले तीन महिना लगाएर अध्ययन गरेको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

यो पहिरो जानुको मुख्य  कारण जमिनमुनिको पानी रहेको अध्ययनले देखाएको छ । त्यसैले यहाँको पानी सङ्कलन गर्न विशेष ‘चेम्बर’ निर्माण गरिनेछ र सङ्कलित पानीलाई सुरक्षित तवरले नालासम्म पुर्‍याएर निकास दिइनेछ । 

कोदारीको इको पहिरोमा  भौगोलिक बनावट र माटोको प्रकृति जटिल रहेकाले त्यहाँ सामान्य पर्खाल लगाएर मात्र पहिरो नरोकिने भएपछि अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने अध्ययनले देखाएको छ । करिब ३ महिनाको अध्ययनमा यसपटक विज्ञहरूको सुझावमा अत्याधुनिक प्रविधि प्रयोग गरी पहिरो रोकथाम गर्न लागिएको छ ।

कार्यालय प्रमुख न्यौपानेका पहिरो व्यवस्थापनका लागि मुख्यतया स्वायल रक एङककरिङ, स्वायल नेलिङ र पानीको भूमीगत व्यवस्थापन तीन वटा प्रविधि अपनाइनेछ ।

स्वायल र रक एंकरिङ प्रविधिको प्रयोगमार्फत खुकुलो माटो र चट्टानलाई भित्रसम्म विशेष रड वा किला गाडेर बाँधिनेछ, जसले भिरालो जमिनलाई स्थिर राख्न मद्दत गर्छ ।

यस्तै स्वायल नेलिङ प्रविधि माटोको सतहलाई बलियो बनाउन प्रयोग गरिन्छ । यो पहिरो जानुको मुख्य  कारण जमिनमुनिको पानी रहेको अध्ययनले देखाएको छ । त्यसैले यहाँको पानी सङ्कलन गर्न विशेष ‘चेम्बर’ निर्माण गरिनेछ र सङ्कलित पानीलाई सुरक्षित तवरले नालासम्म पुर्‍याएर निकास दिइनेछ ।  यसरी पहिरोको रोकथाम गरिनुपर्ने अध्ययनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *