दुई महिना बन्द रहेको सुपरमाइ हाइड्रो पूर्ण रूपमा सञ्चालनमा

असोज दोस्रो साता आएको अवरिल वर्षाले  क्षति पुर्याएकाे सुपरमाइ हाइड्रोपावर कम्पनी पूर्ण सञ्चालनमा आएको छ। 

असोज १८ गतेदेखि सञ्चालन रोकिएको यस कम्पनीको मंसिर २२ गते रातिबाट विद्युत उत्पादन सुरू भएको हो। 

कम्पनीले इलाममा ७.८ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले २०७८ कात्तिकबाट व्यवसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको थियो।

व्यवसायिक उत्पादनको लागि पाएको समयभन्दा दुई वर्षअघि नै कम्पनीले विद्युत् उत्पादन गर्न सकेको थियो।  

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो पटकभन्दा तीन करोड ५४ लाखबाट घटेर तीन करोड ३१ लाख रूपैयाँमा सीमित भएको छ। 

Laxmi bank

आयोजनामा बाढीले क्षति पुगेको कारण नाफा घटेको कम्पनीले उल्लेख गरेको थियो। 

Ncell

हाल कम्पनीको सेयर सात सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *