वाणिज्य बैंकहरुको नाफा घट्दै

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म आइपुग्दा बैंकको नाफामा उल्लेख्य घटेको हो ।

चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकामा थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस बैंकले भदौ मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । जबकि यस बैंकको नाफा गत आवको तुलनामा ७।२६ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविलको नाफा पनि १५.१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *