नेपाल इन्जिनियरिङ भू-विज्ञान समाज (NSEG) को सातौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न — नयाँ कार्यसमिति चयन

नेपाल इन्जिनियरिंङ भू-विज्ञान समाज (NSEG) को सातौँ वार्षिक साधारण सभा मिति २०८२ असोज २६ गते सफलतापूर्वक सम्पन्न भएको छ। यस साधारण सभाबाट नयाँ कार्यसमिति गठन गरिएको छ, जसलाई आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित गरिएको हो ।

नवनिर्वाचित समितिमा नेपाल र विदेशमा उच्च शिक्षा, अनुसन्धान, तथा सहकार्यमा महत्वपूर्ण योगदान दिएका विद्वान तथा प्रतिष्ठितहरूको प्रतिनिधित्व रहेको जानकारी गराइएको छ ।

सञ्जालको नेतृत्व गर्न पाउँदा सम्मानित र गौरवान्वित भएको नवनिर्वाचित प्रतिनिधिहरुले बताएका छन् । यो नयाँ कार्यसमितिले नेपालको इन्जिनियरिंङ भू-विज्ञानको विकास गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

नव-निर्वाचित कार्यसमिति यसप्रकार रहेका छन्:

  • अध्यक्ष: प्रा. डा. कुमुद राज काफ्ले
  • उपाध्यक्ष: डा. कञ्चन चौलागाई
  • सचिव: श्री उज्ज्वल कृष्ण रघुवंशी
  • संयुक्त सचिव: श्री सञ्जीव रेग्मी
  • कोषाध्यक्ष: श्री प्रविण उपाध्यायन कँडेल
  • सदस्य: श्री ध्रुव तिवारी
  • सदस्य: श्री अनिल कुमार चौधरी
  • तत्कालीन अध्यक्ष: डा. रञ्जन कुमार दाहाल

सङ्घको विधानअनुसार कार्यसमितिलाई पूर्ण बनाउन थप तीन जना सदस्य पछी मनोनयन गरिनेछ।

सन् २०१८ मा स्थापना भएको नेपाल सोसाइटी अफ इन्जिनियरिङ्ग जियोलोजी (NSEG) को मुख्य उद्देश्य नेपालमा इन्जिनियरिङ्ग जियोलोजीको अभ्यास र अनुप्रयोगलाई प्रवर्द्धन गर्ने, अनुसन्धान र सहकार्यलाई प्रोत्साहित गर्ने, र पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणमा भूवैज्ञानिक ज्ञानको उपयोग सुनिश्चित गर्ने हो ।

हाल NSEG ले IAEG को १५औँ एशियाली क्षेत्रीय सम्मेलन (ARC-15) को आयोजना गर्न गरिरहेको छ, जुन २०८२ मङ्सिर ११ देखि १३ गतेसम्म (नोभेम्बर २७–२९, २०२५) काठमाडौंमा हुनेछ । यो सम्मेलन एशिया र विश्वभरका इन्जिनियरिङ्ग जियोलोजिस्ट तथा भू–प्राविधिक विज्ञहरूका लागि वैज्ञानिक आदान–प्रदान र पेशागत नेटवर्किङको महत्वपूर्ण मञ्च हुनेछ।

सम्मेलनअघिका कार्यशाला तथा तालिम कार्यक्रमहरू पनि घोषणा गरिएको छ, जसले इन्जिनियरिङ्ग भू-वैज्ञानिक, भू–प्राविधिक इन्जिनियर तथा विपद् जोखिम व्यवस्थापन विज्ञहरूका लागि सीप अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ।

नयाँ नेतृत्व र बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यसँगै, NSEG ले नेपाल र हिमालय क्षेत्रमा सुरक्षित, दिगो र विपद्–प्रतिरोधी पूर्वाधार विकासका लागि इन्जिनियरिङ्ग भू-विज्ञानको प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

नेपाल इन्जिनियरिंङ भू-विज्ञान समाज (NSEG) इन्टरनेशनल एशोसिएसन फर इन्जिनियरिङ्ग जियोलोजी एण्ड द एनभाइरोन्मेन्ट (IAEG) को नेपाल राष्ट्रिय समूह हो |

NSEG को थप जानकारीका लागि:
वेबसाइट: https://nseg.org.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *