भाटभटेनीको व्यावसायिक आदर्श : विध्वंश, आगजनी र लुटपाटले थलिएको भए पनि कर्मचारीको तलब र दशैं बोनस रोक्दैनौं !

भदौ २४ गते, मंगलबार आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको छ। भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका थिए । १२ वटा शाखामा लुटपाटपछि आगो झोसिएको हो भने ९ वटामा तोडफोड र लुटपाट भएको थियो ।

यसअघि २०८१ चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड र चोरी भएको थियो।

त्यो बेलाको भएको ८० लाख रूपैयाँको क्षति नै ठूलो थियो। तर अहिलेको क्षति अकल्पनीय भएको र व्यवसायीको मनोबलमाथि नै निर्मम प्रहार भएको कर्मचारीहरूले बताएका छन्।

कुनै प्रकारको क्षति नभएको चोरी डकैतीपछि आगलागी भएको चोरी डकैती तथा तोडफोड भएको
टोखामहाराजगञ्जकलंकी
सातदोबाटोबौद्धठिमी
अनामनगरकोटेश्वरबालाजु
सानो गाउँबालुवाटार वयरहाउसजनकपुर
वल्ड ट्रेडसेन्टरपोखराबुटवल
पाटनचितवनवीरगंज
नेपालगञ्जहेटौंडाधनगडी
 विर्तामोडइटहरी
 दमकभैरहवा
 विराटनगर 
 धरान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *