नागरिक लगानीकोष : ‘३५ वर्षदेखि बचत, लगानी र सुरक्षामा विश्वासिलो यात्रा’

नागरिक लगानीकोषको यात्रा गौरवपूर्ण रहँदै आएको छ । देशमा प्रजातन्त्रको आगमनसँगै २०४७ साल चैत्र २ गते स्थापना भएको यो संस्था आज ३५ वर्षको परिपक्क बनेको छ । सर्वसाधरण जनताको आर्थिक उन्नतिका लागि बचतलाई प्रोत्साहन गर्दै लगानीका नयाँ–नयाँ अवशरहरू सिर्जना गर्ने उदेश्यसहित कोषको स्थपना गरिएको हो ।

उक्त उदेश्य साकार पार्न कोषले सर्वसाधारण नागरिकदेखि, विभिन्न संस्थागत संघ संस्थामा कार्यरत कर्मचारी÷कामदारसम्म विभिन्न योजनाअन्र्तगत बचत संकलन गर्दै आएको छ । संकलित बचत रकमलाई दक्ष र व्यवसायिक ढंगले लगानी व्यवस्थापन गर्दै कोषले सहभागीहरूको प्रत्यक्ष लाभ सुनिश्चित गर्न सफल भएको छ । कोषले पूँजी बजारसम्बन्धि सेवामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

मर्चेन्ट बैंकिङ सेवाअन्र्तगत धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभूतिको कार्य गर्दै आएको छ । साथै विदेश स्थित नेपाली नागरिकहरूबाट समेत विविध प्रकारका बचत कार्यक्रममार्फत बचत संकलन गर्न सक्ने कोषको ऐन भएको प्रावधानले कोषले यस तर्फ समेत आफ्नो सेवा विस्तार गर्न आवश्यक कार्यविधि बनाउने कार्य गरिरहेको छ ।

अहिले कोषले शाखा कार्यालय पोखरा, विराटनगर, बुटवल, अत्तरिया तथा सुर्खेतबाट समेत सेवा प्रदान गरिरहेको छ । हाल नागरिक लगानी कोषमा २०८०/८१ रिपोर्टअनुसार २ खर्व ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नागरिक लगानी कोषले सामाजिक सुरक्षा र दीर्घकालीन वित्तीय स्थायित्वलाई बलियो बनाउने उदेश्यसहित विभिन्न योजना सञ्चालन गर्दै आएको बताउँछन् कोषका प्रवक्ता उद्धव सिलवाल ।

उनका अनुसार कोषले आफ्ना योगदानकर्तालाई लक्षित गर्दै कर्मचारी बचत वृद्धि अवकाश कोषदेखि लिएर नागरिक पेन्सन योजना र बीमा योजनासम्मका कार्यक्रम अघि सारेको छ । यी योजनाले कर्मचारी, राष्ट्रसेवक, नागरिक तथा विदेशमा रहेका नेपालीलाई समेत प्रत्यक्ष लाभ पु¥याइरहेको छ ।

कोषका सेवा तथा योजनाहरू
कर्मचारी बचत वृद्धि अवकाश कोष
नागरिक लगानी कोषले सञ्चालन गरेको प्रमुख योजनामध्ये एक हो ‘कर्मचारी बचत वृद्धि अवकास कोष’ । यसमा निजामती, सरकारी तथा अर्धसरकारी कार्यालयमा कार्यरत कर्मचारीसँगै कानूनअनुसार दर्ता भएका गैरसरकारी संस्थाका कर्मचारी पनि सहभागी हुन सक्छन् ।

सहभागीले आफ्नो तलब वा पारिश्रमिकबाट निश्चित योगदान गर्नुपर्ने हुन्छ । यस योजनाअन्र्तगत सहभागीले ५८ वर्ष उमेर पुगेपछि वा न्यूनतम १५ वर्षसम्म निरन्तर योगदान गरेकाले पेन्सन प्राप्त गर्ने सुविधा पाउँछन् । दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ ल्याइएको यो कोषले हजारौं कर्मचारीलाई भविष्य सुरक्षित गर्ने आधार तयार गरिदिएको छ ।

राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष
नागरिक लगानीकोषले सञ्चालन गरेको अर्को महत्वपूर्ण योजना हो ‘राष्ट्रसेवक कर्मचारी जीवन बीमा कोष’ । यसमा निजामती सेवक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई समेटिएको छ । यस योजनाअन्र्तगत बीमा प्रिमियम रकम संकलन गरी व्यवस्थापन गरिन्छ । आकस्मिक अवस्थाको जोखिम व्यवस्थापन र कर्मचारीको जीवन बीमा सुविधाका लागि यसले योगदान गर्ने भएकाले राष्ट्रसेवक वर्गका लागि यसलाई सुरक्षात्मक आधारको रुपमा लिइन्छ ।

लगानीकर्ता अवकाश योजना
लगानीकर्ता अवकाश योजनामा विभिन्न संगठित संस्था तथा तिनका कर्मचारी सहभागी हुन सक्छन् । यस योजनामा सहभागिता जनाउने कर्मचारी औषधोपचार खर्च, कल्याणकारी कोष, बीमा, वार्षिकोत्सव भत्ता, सञ्चित बिदा जस्ता दायित्व व्यवस्थापनमा सुविधा पाउने व्यवस्था छ । यसले कर्मचारीलाई सेवानिवृत्ति पछि आर्थिक बोझ कम गर्ने मात्र होइन, कामकाजी जीवनकै क्रममा आवश्यक हुने वित्तीय सहयोग उपलब्ध गराउने पनि लक्ष्य लिएको छ ।

नागरिक एकांक योजना
नागरिक एकांक योजना साना तथा मध्यम स्तरका लगानीकर्तालाई लक्षित गरिएको छ । यस योजनाअन्र्तगत कोषले सहभागी लगानीकर्ताबाट रकम संकलन गरेर दक्ष र व्यावसायिक ढंगले लगानी गर्छ । लगानीबाट प्राप्त नाफा सहभागीहरूलाई प्रतिफलस्वरूप वितरण गरिन्छ । यसले मध्यम आय वर्गका व्यक्तिलाई पनि पूँजी बजारमा प्रत्यक्ष संलग्न भई फाइदा उठाउने अवसर प्रदान गर्ने भएकाले लोकप्रिय मानिन्छ ।
नागरिक पेन्सन योजना
नागरिक लगानीकोषले सञ्चालन गरेको अर्को महत्वपूर्ण योजना हो । यसमा सबै नागरिक सहभागी हुन सक्छन् । विदेशमा रोजगारीमा रहेका वा गैर आवासीय नेपालीसमेत यस योजनामा सामेल हुने अवसर पाएका छन् । यो योजनाले आम नागरिकलाई दीर्घकालीन सामाजिक सुरक्षा दिलाउने र वृद्धावस्थामा नियमित आम्दानीको श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष
नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष परिषद्का कर्मचारीका लागि लक्षित गरी सञ्चालन गरिएको हो । यस योजनाअन्र्तगत कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरिन्छ र परिषद्को तर्फबाट पनि त्यति नै रकम थप गरी कोषमा जम्मा गरिन्छ । संकलित रकमलाई लगानी गरी परिषद्को कर्मचारीलाई बीमा सुविधा उपलब्ध गराइन्छ । यसले कृषि क्षेत्रमा कार्यरत कर्मचारीलाई बीमा सुविधा उपलब्ध गराइन्छ । यसले कृषि क्षेत्रमा कार्यरत कर्मचारीलाई आर्थिक तथा सामाजिक सुरक्षा दिने महत्वपूर्ण कार्य गरेको छ ।

दीर्घकालीन लक्ष्य
नागरिक लगानीकोषले सञ्चालन गरेका यी सबै योजनाको साझा उदेश्य योगदानकर्ताको भविष्यलाई सुरक्षित बनाउने हो । कोषले संकलित रकमलाई व्यवस्थित र पारदर्शी ढंगले लगानी गरी सहभागीलाई लाभांश वा प्रतिफल वितरण गर्ने व्यवस्था गरेको छ ।

साथै, कोषका योजनाले व्यक्तिगत मात्र होइन, समग्र राष्ट्रको वित्तीय प्रणालीलाई सबल बनाउन पनि योगदान पु¥याइरहेको कोषको दाबी छ । नागरिक लगानीकोषका अधिकारीका अनुसार, यी योजनाले योगदानकर्ताको जीवनस्तरलाई सुरक्षित गर्नेजस्तो देखिने मात्र होइन पूँजी बजार र अर्थतन्त्रमा दीर्घकालीन स्थायित्व कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

डिजिटल सहज सेवा
नागरिक लगानी कोषले झन्झटिलो प्रक्रियालाई परिष्कृत गदै आफ्ना सहभागीलाई प्रदान गर्ने सेवालाई समय सापेक्ष बनाउन डिजिटलाइजेसन र अटोमेसनलाई प्राथमिकतामा राख्दै कामलाई तीव्र गतिमा अघि बढाएको छ । फलस्वरुप सहभागीले सहजै सेवा पाउन थालेका छन् । कोष डिजिटलाइजेसनमा गएसँगै ‘सिआइटी स्मार्ट मोबाइल एप’ सहभागीका लागि ठूलो सुविधाको रूपमा स्थापित भएको छ ।

यस एपमार्फत खाता विवरण हेर्ने, सूचना प्राप्त गर्ने तथा अनलाइन सेवामा पहुँच पाउने व्यवस्था मिलाइएको छ । यसले भौतिक रुपमा कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै समय र खर्च दुवै बचत गर्न मद्धत गरेको छ । राष्ट्रसेवक कर्मचारीबाट संकलन हुने रकमलाई सरकारले प्रयोग गर्दै आएको केन्द्रीय लेखा प्रणाली (सिजीएएस) मार्फत सोझै कोषमा स्थानान्तरण गर्ने व्यवस्था पूर्ण रुपमा लागू गरिएको छ ।

यसैगरी स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लाई कोषको कोर सफ्टवेयरसँग आबद्ध गर्ने काम भइरहेको छ । यस प्रणाली लागू भएपछि स्थानीय निकायका कर्मचारी र सामुदायिक विद्यालय शिक्षकको कर्मचारी बचत वृद्धि कोष र सावधिक जीवन बीमा कोषसम्बन्धिी कट्टी विवरण सिधै सफ्टवेयरमा प्रविष्ट हुुने भएकाले वित्तीय व्यवस्थापनमा अझ बढी पारदर्शिता र सहजता आउने विश्वास गरिएको कोषले बताएको छ ।

प्रवक्ता सिलवालका अनुसार ‘समय सापेक्ष हामीले डिजिटलाइजेसनमा गएका हौं । यसले हाम्रा योगदानकर्तालाई सहज बनाएको छ ।’ सिलवालका अनुसार कोषले इसर्भिस पोर्टलमार्फत अनलाइन सेवाको दायरा बढाएको छ । कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीले अब विशेष सापटीका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा पाएका छन् । त्यस्तै, कार्यालय लगइन प्रणालीमार्फत नयाँ सहभागीको खाता खोल्ने प्रक्रिया पनि यसै पार्टलमार्फत गर्न सकिने भएकाले सेवा पद्धति झन सरल भएको छ ।

डिजिटल प्रविधिको विकाससँगै भौतिक रूपमा उपस्थित हुने सेवाग्राहीलाई पनि कोषले हेल्प डेक्सको व्यवस्था गरेको छ । यसमार्फत आवश्यक जानकारी दिने, समस्या सामाधान गर्ने र शाखा कार्यालयहरूबाट सहज सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई अझ विश्वासिलो र सुलभ अनुभव दिलाएको छ ।

विश्वमा आर्टिफिसियल इनटेलिजेन्स (एआई) कार्यालयको दक्षता र पारदर्शिता बढाउने साधनका रुपमा स्थापित भइसकेको छ । कोषले पनि एआई प्रविधि प्रयोग गर्ने सम्भावनाका बारेमा अध्यययन अघि बढाएको छ । भविष्यमा एआई प्रणालीलाई सेवा प्रक्रियामा लागू गरेर अझ आधुनिक र सहभागीमैत्री बनाउने तयारी भइरहेको छ ।

स्वस्थ्य सेवामा छुट
नागरिक लगानी कोषका सहभागी, सञ्चालक, कर्मचारी तथा शेयरधनी तथा आश्रित परिवारलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंले मुटु परिक्षण तथा उपचारमा छुट प्रदान गरेको छ । जसमा कर्पोरेट प्याकेजअन्र्तगत सिल्भर प्याकेज, गोल्ड प्याकेज, प्लाटिनम प्याकेज रहेका छन् । ती प्याकेजमा १० प्रतिशत छुट रहेको छ । यो प्याकेज ४ बजेदेखि निर्धारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *