काठमाडौं। सामाजिक सुरक्षाकोषले आफ्ना योगदानकर्तालाई मुलुकभरका १०७ अस्पतालमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । दुई वर्षअघि ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको कोषले सेवा विस्तार गर्दै हाल १०७ सम्म पुर्याएको हो ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार सम्झौतामा रहेका अस्पतालमार्फत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना उपयोग गर्दा योगदानकर्ताले तोकिएको खर्चको ८० प्रतिशतसम्म कोषले व्यहोर्ने व्यवस्था गरिएको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत सेवा लिनेलाई तोकिएको सीमाभित्र कुनै भुक्तानी गर्नु नपर्ने व्यवस्था पनि छ ।
उनका अनुसार सम्झौता भए पनि अनलाइन प्रणाली सञ्चालनमा नआएका केही अस्पतालमा भने लाभग्राहीले कागजी फाइल पेश गरेपछि मात्रै खर्च भुक्तानी हुने गरेको छ । यस्ता अस्पतालको संख्या न्यून रहेको कोषको भनाइ छ । नियमित गदानकर्ताले मात्र यी सुविधा पाउने व्यवस्था गरिएको छ ।
हालसम्म प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा २४, मधेश प्रदेशमा २०, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा २ गरी कुल १०७ अस्पतालमार्फत सेवा दिइँदै आएको छ । तर, कर्णाली प्रदेशका अस्पतालमा भने सामाजिक सुरक्षाकोष अझै प्रवेश गर्न सकेको छैन ।
सम्झौता भएका अस्पतालहरू
कोशी प्रदेश
मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल                              झापा विर्तामोड
बि एण्ड सी मेडिकल कलेज एण्ड टिचिङ                                                     झापा विर्तामोड
आम्दा मेती अस्पताल                                                                               झापा धुलावारी
लाइफलाइन अस्पताल                                                                             झापा दमक
आम्दा अस्पताल                                                                                      झापा दमक
मेची दृष्टि आँखा अस्पताल                                                                         झापा  झापा
मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर                                                 झापा विर्तामोड
विर्ताज्याति आँखा अस्पताल                                                                      झापा झापा
अरनिको हस्पिटल प्रा.ली.                                                                         मोरङ उर्लाबारी
नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.ली.                                            मोरङ विराटनगर
विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल                                              मोरङ बिराटनगर
हाम्रो अस्पताल प्रा.ली.                                                                              मोरङ बिराटनगर
मोरङ सहकारी अस्पताल                                                                         मोरङ बिराटनगर
लाइफ गार्ड अस्पताल                                                                              मोरङ बिराटनगर
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल                                             मोरङ बिराटनगर
दवही सिटी हस्पिटल प्रा.ली.                                                                      सुनसरी दुहवी
पशुपती मोडेल हस्पिटल प्रा.ली.                                                                 सुनसरी इटहरी
सान्भि सिटी अस्पताल                                                                              सुनसरी इटहरी
इटहरी ग्लोवल आइ हस्पिटल प्रा.ली                                                           सुनसरी इटहरी
इनरुवा अस्पताल                                                                                   सुनसरी इनरुवा
चतरा अस्पताल                                                                                      सुनसरी चतरा
ओखलढुंगा सामुदायिक अस्पताल                                                            ओखलढुंगा ओखलढुंगा
मधेश प्रदेश
छिन्नमस्ता अस्पताल                                                                               सप्तरी राजविराज
जानकी हेल्थ केयर                                                                                धनुषा जनकपुर
कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर                                               धनुषा जनकपुरधाम
लालगढ मोडल अस्पताल                                                                       धनुषा लालगढ
शुभ स्वस्तिक अस्पताल                                                                         महोत्तरी बर्दिबास
नमूना सामुदायिक अस्पताल                                                                   सर्लाही हरिवन
चन्दपुर हस्पिटल                                                                                 रौतहट चन्द्रपुर
एभरग्रीन तराई सिमरा हस्पिटल बारा                                                       जितपुर सिमरा
एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल                                                       बारा परवानीपुर
बीरगञ्ज हेल्थ केयर अस्पताल                                                                 पर्सा बिरगञ्ज
नेशनल मेडिकल कलेज                                                                       पर्सा बिरगञ्ज
स्पर्ष अस्पताल                                                                                   पर्सा बिरगञ्ज
गण्डक अस्पताल                                                                                पर्सा बिरगञ्ज
प्रभु अस्पताल                                                                                     पर्सा बिरगञ्ज
किरण आँखा अस्पताल                                                                        पर्सा बिरगञ्ज
सूर्य हस्पिटल प्रा.लि.                                                                            पर्सा बिरगञ्ज
आशाराम हस्पिटल                                                                              पर्सा बिरगञ्ज
नारायणी बयोधा अस्पताल                                                                     पर्सा बिरगञ्ज
भवानी अस्पताल                                                                                  पर्सा बिरगञ्ज
बागमती प्रदेश
चुरेहिल अस्पताल                                                                               मकवानपुर हेटौडा
मकवानपुर सहकारी अस्पताल                                                              मकवानपुर हेटौडा
सन्चो अस्पताल                                                                                  मकवानपुर हेटौडा
कलेज अफ मेडिकल साइन्सेस                                                             चितवन भरतपुर
चितवन मेडिकल कलेज टिचिङ हस्पिटल                                               चितवन भरतपुर
चितवन आँखा अस्पताल                                                                      चितवन भरतपुर
भरतपुर सेन्ट्रल हस्पिटल                                                                     चितवन भरतपुर
नेशनल सिटी हस्पिटल                                                                        चितवन भरतपुर
भरतपुर अस्पताल                                                                              चितवन भरतपुर
मनकामना अस्पताल                                                                          चितवन भरतपुर
नारायणी सामुदायिक अस्पताल                                                            चितवन भरतपुर
भरोसा हस्पिटल                                                                                चितवन भरतपुर
मौलाकालिका अस्पताल                                                                      चितवन भरतपुर
धुलिखेल अस्पताल                                                                            काभ्रेपलाञ्चोक धुलिखेल
शीर मेमोरियल अस्पताल                                                                    काभ्रेपलाञ्चोक बनेपा
काठमाडौं केडिकल कलेज                                                                 काठमाडौं सिनामंगल
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल                      काठमाडा सवयंभू
वीर अस्पताल                                                                                   काठमाडौं काठमाडौं
राष्ट्रिय ट्रमा सेन्टर                                                                               काठमाडौं महांकाल
त्रि.बि शिक्षण अस्पताल                                                                        काठमाडौं महाराजगंज
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर                   काठमाडौं महाराजगंज
कान्ति बाल अस्पताल                                                                          काठमाडौं महाराजगंज
शहिद गंगालाल राष्ट्रिय मुटु केन्द्र                                                            काठमाडौं बाँसबारी
ने.अ.सं. नेपाल अर्थोपेडिक कअस्पताल                                                   काठमाडौं जोरपाटी
शंकरापुर अस्पताल                                                                             काठमाडौं गोकणेश्वर
नेपाल मेडिकल कलेज                                                                         काठमाडौं जोरपाटी
एभरेष्ट अस्पताल                                                                                 काठमाडौं नयाँ बानेश्वर
तिलगंगा आँखा अस्पताल                                                                      काठमाडौं तिलगंगा
दृष्टि आई केयर                                                                                    काठमाडौं कलंकी
ए एस जी आँखा अस्पताल                                                                      काठमाडौं नयाँ बानेश्वर
पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल                                                        काठमाडौं नयाँ बजार सोह्रखुट्टे
फ्रन्टलाइन हस्पिटल                                                                              काठमाडौं बत्तीसपुलती, पुरानो बानेश्वर
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर                                                             काठमाडौं चावहिल
हेल्पिङ ह्याण्स सामुदायिक                                                                    अस्पताल काठमाडौं चावहिल
इनोभा हस्पिटल लाजिम्पाट,                                                                    काठमाडौं लाजिम्पाट
जनमैत्री अस्पताल,                                                                                 बालाजुु काठमाडौं बालाजु
भेनस हस्पिटल                                                                                     काठमाडौं मध्य बानेश्वर
पाटन स्वास्थ्य विज्ञान                                                                             ललितपुर ललितपुर
किष्ट मेडिकल कलेज                                                                            ललितपुर इमाडोल
मेघाा अस्पताल                                                                                    ललितपुर धोबिघाट
काठमाडौं क्यान्सर सेन्टर                                                                     भक्तपुर नालारोड
भक्तपुर इन्टरनेशनल हस्पिटल                                                              भक्तपुर कौशलटार
गण्डकी प्रदेश
नवलपुर अस्पताल                                                                               नवलपुर कावाशोती
देवचुली अस्पताल                                                                               नवलपुर दलदले
गयालेक्सिी अस्पताल                                                                           कास्की पोखरा
चरक मेमोरियल अस्पताल                                                                    कास्की पोखरा
मणिपाल टिचिङ अस्पताल                                                                    कास्की पोखरा
फेवा सिटी अस्पताल                                                                             कास्की पोखरा
गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल                                         कास्की पोखरा
दृष्टि आँखा अस्पताल                                                                            कास्की पोखरा
मेडिप्लस अस्पताल                                                                              कास्की पोखरा
आविष्कार अस्पताल                                                                             कास्की पोखरा
लुम्बिनी प्रदेश
युनिभसलै कलेज अफ मेडिकल साइन्स                                                  रुपन्देही भैरहवा
सिद्धार्थनगर सिटी हस्पिटल                                                                   रुपन्देही भैरहवा
गौतमबुद्ध मुटु अस्पताल                                                                       रुपन्देही भैरहवा
सिद्धार्थ बाल तथा महिला आम्दा अस्पताल                                               रुपन्देही बुटवल
त्रिमसन अस्पताल                                                                                रुपन्देही तिलोत्तमा
संजिवनी कलेज अफ मेडिकल साइन्सेज                                                 बाँके नेपालगञ्ज
लर्डबुद्ध एजुकेशनल एकडेमी(नेपालगंज मेडिकल कलेज)                          बाँके कोहलपुर
मितेरी अस्पताल                                                                                 दाङ घोराही
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान                                                                दाङ घोराही
सुदुर पश्चिम प्रदेश
लाल रत्न अस्पताल                                                                              कैलाली लम्कीचुहा
नवजीवन हस्पिटल                                                                              कैलाली धनगढी
				

		
		
		
		