भूमिगत पानी संरक्षणको सन्देशसहित पहिलो हाइड्रोजियोलोजिकल सम्मेलन सम्पन्न

भूमिगत जलको दीगो व्यवस्थापन, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर तथा समाधान उपायमा केन्द्रित यस सम्मेलनमा स्वदेशी र विदेशी विज्ञहरूले आफ्नो कार्यपत्र र धारणा प्रस्तुत गरेका थिए। बुधबार शुरु भएको सम्मेलनको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा देश–विदेशका हाइड्रोजियोलोजिकल वैज्ञानिक तथा विद्यार्थीहरुबाट ३९ ओटा कार्यपत्र प्रस्तुत भएका थिए। सम्मेलनको पहिलो दिन, तीन सेसनमा २१ ओटा र दोस्रो दिन तीनै सेसनमा १८ओटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

https://www.youtube.com/@ramropalika/streams लिंकलाई क्लिक गरेर दुई दिनसम्म सञ्चालन भएको सम्मेलनका सम्पूर्ण कार्यक्रम तथा गतिविधि हेर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *