गान्टे मुला(सलगम)को खेती कसरी गर्ने ? नेपालमा यसका प्रचलित जातहरु के के छन् त?

काठमाडौं । सलगम अथवा गान्टे मुला एक महत्वपूर्ण हिउँदे तरकारी बाली हो । यसको पात तथा जरा दुवै पकाएर वा काचैं पनि खाने गरिन्छ । सलगममा कार्बोहाइड्रेट, प्रोटिन , भिटामिन सी तथा खनिज तत्वहरु प्रशस्त पाइन्छ । सलगम बालीलाई चिसो हावापानी चाहिन्छ । तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ ।

नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन् । नेपालमा लगाइएका प्रचलित जातहरुमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल, काठमाण्डौ रातो आदि छन् । सलगम एक जरे तरकारी बाली भएका कारणले गर्दा माटो तयारीमा विशेष ध्यान पुर्‍याउनु पर्दछ । माटोलाई ३–४ पटक राम्ररी खनजोत गरी डल्ला फुटाई वुरवुरउँदो वनाउनु पर्दछ ।

१. सलगम बालीलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ । अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ ।

२. नेपालमा प्रचलित सलगमका जातहरु के के छन् ?

नेपालमा लगाइएका प्रचलित जातहरुमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल, काठमाण्डौ रातो आदि छन् ।

३. सलगम खेती कस्तो किसिमको माटोमा राम्रो हुन्छ ?

प्राङ्गारिकरजैविक पदार्थ प्रशस्त भएको हल्का दोमट माटो सलगम खेतीको लागि उपयुक्त हुन्छ । जरे बाली भएकोले चिम्टयाइलो माटो भने राम्रो हुँदैन ।

४. यो कस्तो मौसममा फस्टाउने बाली हो ?

सलगम चिसो मौसममा फस्टाउने बाली हो । तापक्रम २० डिग्री सेन्टिग्रेड भन्दा बढी भएमा जराको विकास हुँदैन र उत्पादनमा निकै ह्रास आउँछ ।

५. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ?

 नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन् ।

६. सलगम उखेल्दा विशेष कुन–कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?

सलगम बाली तयार भएपछि गानो नफुट्ने र घाउ नलाग्ने गरी उखेल्नुरखनेर निकाल्नु पर्दछ । सलगमलाई राम्ररी पखाली कलिलो पातमात्र राखी बोरामा प्याक गरेर बजार लैजाँदा राम्रो मूल्य पाउन सकिन्छ ।

७. सलगम खेती गर्दा जमीनको तयरी कसरी गरिन्छ ?

सलगम एक जरे तरकारी बाली भएका कारणले गर्दा माटो तयारीमा विशेष ध्यान पुर्‍याउनु पर्दछ । माटोलाई ३–४ पटक राम्ररी खनजोत गरी डल्ला फुटाई वुरवुरउँदो वनाउनु पर्दछ । जमीन तयारीकै वेला कम्पोष्ट वा गोवरमल, नाइट्रोजनको आधा भाग, फस्फोरस र पोटास मल पुरै हाल्नु पर्दछ ।

८. प्रति रोपनी जमीनमा कति मलखाद प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ ?

सलगमको उत्पादन राम्रो लिनको लागि प्रति रोपनी जमीनमा करीव १ मे.टन गोवरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र ४ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ ।

९. सलगमलाई साधारणतया कति दिनसम्म भण्डारण गर्न सकिन्छ ?

सलगमलाई हिउँदको मौसममा घाम नछिर्ने साधारण कोठामा ७–१० दिनसम्म भण्डारण गर्न सकिन्छ भने शक्ति भण्डारणमा ०–२ डिग्री सेन्टिग्रेड तापक्रम र ९०–९५ % सापेक्षिक आर्द्रतामा ३–४ हप्तासम्म भण्डारण गर्न सकिन्छ ।

१०. सलगम उखेलिसकेपछि कुन–कुन प्रकृया पूरा गरी प्याकिङ्ग गर्नुपर्छ ?

सलगम उखेलेपछि त्यसमा भएका पुराना पात र जराहरु हटाउनु पर्दछ । सलगमलाई बजारमा आकर्षक देखाउन पानीमा राम्ररी धोएर छहारीमा राखी ओभानो भएपछि साइज र रंगको आधारमा ग्रेडिङ्ग गरी वोरा, क्रेटमा प्याकिङ्ग गर्नु पर्दछ ।

११. सलगमको उत्पादन प्रति रोपनी कति हुन्छ ?

सलगमलाई नछिप्पिदै कलिलो अवस्थामा उखेल्दा एक रोपनीमा पर्पल टप ह्वाईट ग्लोब जातको सलगम १ देखि १.५ मे.टनसम्म फल्दछ भने काठमाण्डौ रातो ८००-१००० किलो प्रति रोपनी उत्पादन हुन्छ ।

१२. सलगम उखेल्ने उपयुक्त अवस्था कुन हो ?

बीउ छरेको ६०-७० दिनमा सलगम तयार हुन्छ । सलगमको गानोमा काठजस्तो अथवा फोस्रो हुन अगावै साग सहित उखेल्नु पर्दछ ।

१३. सलगममा लाग्ने प्रमुख शत्रु कीराहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

सलगममा लाग्ने प्रमुख कीराहरुमा लाही तथा तोरीका झिँगाहरु हुन् । यी कीरावाट बच्न जैविक विषादीको प्रयोग गर्न राम्रो हुन्छ तर कुनै अवस्थामा रासायनिक विषादी छर्नुपर्ने भएमा मेटासिष्टक्स ५० इ.सी.१ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

१४. सलगमको गानोफुट्ने पाईएको छ, यसको रोकथामको उपाय के होला ?

बोरन तत्व कम भएको माटोमा सलगमको गानोफुट्ने सम्भावना हुन्छ । यसको रोकथामका लागि जग्गा तयारी गर्ने बेलामा नै बोरेक्स आधा के.जी. प्रति रोपनीका दरले माटोमा हाल्नु पर्दछ ।

१५. रातो रंग हुने सलगमको जात कुन हो रु यसको उत्पादन कुन भौगोलिक क्षेत्रमा राम्रो हुन्छ ?

रातो रंगको सलगमको जात काठमाण्डौ रातो र भक्तपुर लोकल हो । यसको खेती पहाडी क्षेत्रमा राम्रो हुन्छ ।

१६. पर्पल टप ह्वाईट ग्लोबजातको विशेषता के हो ?

यसको जराको तल्लो भाग सेतो र माथिल्लो भाग प्याजी रङ्गको हुन्छ । यसको साईज सरदर १२ से.मि. व्यास हुन्छ । बीउ रोपेको ६०-७० दिनमा उखेल्नको लागि तयार हुन्छ ।

१७. सलगममा अन्य बाली भन्दा छिटो गोडमेल र टपड्रेस गर्न आवश्यक पर्दछ किन ?

सलगम माटो मुनी वढ्ने वाली भएकोले माटो खुकुलो र गहिरो हुन जरुरी छ । सलगम रोपेको २ हप्ता पछि धेरै वेर्ना भएको ठाउँवाट २ वटा मात्र बाँकी राखी अन्य हटाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *