सडक डिभिजन दाङबाट जीर्ण पुलको आकस्मिक मर्मत सम्पन्न

शाहिद मार्गको लमही-घोराही सडक खण्डमा पर्ने मसोट खोलाको दायाँतर्फको चर्किएको एउटा बिम(Girder)को आकस्मिक मर्मत कार्य सम्पन्न गरिएको छ। पुरानो र जीर्ण भइसकेको हुनाले यो पुल अझै पनि जोखिममुक्त भने छैन। तसर्थ, भारी सवारी (single axle load:10T वा सरल भाषामा १० चक्के ट्रिपरको जम्मा भार २५ टन) बिस्तारै (गति: ५-१० किमि प्रतिघण्टा), होसियारीपूर्वक, एकपटमा एउटा सवारी मात्र पुलबाट वारपार गर्नको लागि सडक डिभिजन दाङले अनुरोध गरेको छ । यस पुलको निर्माण करिब २०४० सालमा भएको थियो । संकटकालको समयमा यस पुलमा बम विस्फोटन भएको कारण पुलमा ठूलो क्षति भएको थियो । करिब सेवा अवधि पुगिसकेको यस पुलको २०६६/६७ मा सडक डिभिजन दाङबाट मर्मत गरिएको थियो । हाल एउटा विममा ठूलो क्षति भएको कारण सो विमको आकस्मिक मर्मत गर्नुपरेको हो । क्षति भएको विममा इपोक्सी ग्राउटिङ (Epoxy Grouting) तथा कार्वन फाइवर(Carbon fiber wrapping)को मद्दतले विमको प्रबलीकरण(strengthening) गरिएको हो । पुलको आकस्किम मर्मत कार्यको लागि श्रावण २१ गते बिहान ७ बजेदेखि श्रावण २४ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे सवारी बाहेक अन्य सवारी आवतजावत बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *