इरानमाथि अमेरिकाले आक्रमण गर्दै भन्यो : ३ वटा आणविक केन्द्र ध्वस्त भयो

अन्तत : अमेरिकाले इरानको आणविक केन्द्रहरुमा भिषण बमबारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै उपरोक्त आक्रमणको जानकारी दिएका हुन् ।

अमेरिकाले फ्रोडो, नतान्ज र इस्फान आणविक केन्द्रमा आक्रमण गरेको छ । अन्तराष्ट्रिय समाचार माध्यमहरुका अनुसार नेपाली समय अनुसार असार ८ गते बिहान ८:४५ मा राष्ट्रपति ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

अमेरिकी कंग्रेसबाट स्विकृत नलिइकनै ट्रम्पले इरानमाथि आक्रमण गर्ने आदेश दिएका हुन् । यस अघि अमेरिकाले २ हप्तासम्म कुटनीतिक विकल्पको लागि पर्खने भन्दै ट्रम्पले तत्कालै आक्रमण नगर्ने संकेत गरेपनि २ दिनभित्रै इरानमाथि आक्रमण गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *