नेपालमा पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने भएको छ । स्थानीय सडक पुल सहयोग इकाई (एलआरबीएसयू) को पहलमा नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुन लागेको हो । 

असार १० र ११ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा मेला आयोजना गर्न लागेको एलआरबीएसयूका प्रमुख शकील मानन्धरले जानकारी दिए । उनका अनुसार दुई दिने प्रदर्शनीमा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केफ नेपाल, शैक्षिक संस्थानहरू, निर्माण व्यवसायी संघका प्रतिनिधि, निजी क्षेत्रका स्टलहरू र पुल निर्माण तथा डिजाइनसम्बन्धी इन्जिनियर तथा विज्ञहरूको उपस्थिति रहने छ ।

प्रदर्शनीमा पुल निर्माणमा प्रयोग भइरहेका नयाँ तथा आधुनिक प्रविधिका मोडेलहरू, पुलसँग सम्बन्धित डकुमेन्ट्रीहरू, डिजाइनसम्बन्धी ज्ञान तथा देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी गरिने एलआरबीएसयूले जनाएको छ । 

प्रदर्शनी असार १० गते दिउँसो १ः३० बजेदेखि ४ बजेसम्म र असार ११ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहने स्थानीय सडक पुल सहयोग इकाई प्रमुख मानन्धरले जानकारी दिएका छन् । 

उनले प्रदर्शनीले नेपालमा पुल निर्माणको दीर्घकालीन विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *