ललितपुर महानगरको नीति तथा कार्यक्रमः अण्डर ग्राउण्ड रिचार्जलाई अभियान बनाउने (पूर्णपाठसहित)

gibl

ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने भएको छ।

शुक्रबार बसेको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम पेस गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले ढुंगेधारा, कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताएका हुन्।

त्यस्तै, निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षण गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने उनले बताए।

खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ।

यसैगरी खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्यांकी निर्माणको काम थलिने जनाइएको छ। यसैगरी परम्परा राजकुलो, जलमार्गलाई पुनर्जिवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

Nchl
Ncell

हेर्नुहोस‍् पूर्णपाठः 

https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://www.setopati.com/uploads/pdf/LMC-niti-tatha-karyakram-1750414947.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *