४ असार, काठमाडौं । नेकपा (एस)संग संवद्व समाजवादी इन्जिनियरिङ एसोसिएसन(सिन)को सचिवालयको अनौपचारिक बैठकमा विभिन्न प्राविधिक, राजनीतिक र समसामयिक विषय तथा संगठनात्मक पक्षमा छलफल भएको छ ।

एसोसिएसनले आगामी दिनमा राष्ट्रिय जीवनका आधारभूत विषयहरुमा निरन्तर आवाज उठाउने र समग्र इन्जिनियरिङ क्षेत्रको आत्मसम्मान अभिवृद्दि गर्ने कार्यमा आफ्ना गतिविधी केन्द्रित गर्ने निर्णय गरेको छ ।

समसामयिक विषयमा छलफल गर्दै संघीय सरकारले टुक्रे योजना बनाउने र कार्यान्वयन गर्ने शैली रोक्नुपर्ने आवाज उठेको थियो ।छलफलबाट बजेट विनियोजन र योजना छनौटको वर्तमान शैलीले विकास र सुशासन प्राप्त हुन नसक्ने निष्कर्ष निकालिएको थियो ।