२८ जेठ , २०८२ । सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारीको नियुक्तिका विषयमा भएको विवादबारे आज तोकिएको नि.सु. मिति असार १८ गतेको लागि सारिएको छ ।
सर्वोच्चको अदालतको संवैधानिक इजलासले यसअघि बुधबार निर्णय सुनाउने तय गरेको थियो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
संवैधानिक निकायमा भएको नियुक्तिको विवादमा गत माघ ३० गतेदेखि सोही इजलासमा सुनुवाइ भएको थियो। जेठ १ गतेको इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो।
त्यस्तै आज जेठ २८ गते निर्णय सुनाउने भनेर तोकेको थियो ।