३२ औं अधिवक्ता परिक्षाबाट नेपालमा ९०० जना कानुन व्यवसायी थपिए

१६ जेष्ठ, काठमाडौं । नेपाल बार काउन्सिलले ३२ औं अधिवक्ता परिक्षाको लिखित परिक्षा र अन्तरवार्ता सम्पन्न गरी पूर्व व्यवसायिक अभिमुखीकरणमा सहभागी भएका परिक्षार्थीहरुको अधिवक्ता प्रमाणपत्र कायम भएको सुचना जारी गरेको गरेको छ ।

२०८१ मंसिर २० गते सञ्चालित लिखित परिक्षाको नतिजा २०८१ फागुन २८ र गते र अन्तरवार्ता समेत सञ्चालन गरी चैत्र २४ गते परिक्षाको अन्तिम परिणाम प्रकाशित गरिएको थियो । मिति २०८२ जेठ २३ गतेबाट पूर्व व्यवसायिक अभिमुखीकरण सञ्चालन गरेको काउन्सिलले भोली जेठ १७ गते भव्य समारोहका बिच प्रधानन्यायाधिशको उपस्थितिमा नवप्रवेशी कानुन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ ।

नेपालमा ३२ औं अधिवक्ता परिक्षा सम्पन्न हुँदा हालसम्म कुल २२४६४ जना कानुन व्यवसायीहरुको लागि प्रमाण पत्र जारी भएको देखिन्छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा १५ र दफा १६ को अधिन रही परिषद्ले वर्षमा कम्तिमा १ पटक अधिवक्ता परिक्षा सञ्चालन गर्दै आइरहेको छ । पुराना तिथा नवप्रवेशी कानुन व्यवसायीहरुले कानुन व्यवसायीको पेशागत आचरणसम्बन्धी नियमावली, २०७९ अनुसार कानुनी पेशामा संलग्न हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *