सर्वोच्च जान्छौं, सास रहेसम्म लड्छौं : आलम छुटेसँगै पीडित परिवारमा जोखिम थपियो

बुधबार विरगंज उच्च अदालतका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित चारैजनालाई सफाइ दिएको छ । आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम रिहा भएका छन् ।आलम छुटेको खुसियालीमा उनको गाउँ राजपुर, सरुअठासहित यमुनामाई गाउँपालिकाका विभिन्न ठाउँमा उनका आफन्त, समर्थक र कांग्रेसका कार्यकर्ताले खुसियाली मनाइरहेका छन् । सत्येन्द्रका अनुसार राति ठाउँ-ठाउँमा पटाका पड्काउँदै नारा लगाउँदै खुसियाली मनाइएको छ ।

आलमका समर्थकले खुसियाली मनाइरहँदा मृतकका परिवार भने त्रसित बनेका छन् । असुरक्षित महसुस गर्न थालेका छन् । अदालतले सफाइ दिएपछि आलमविरुद्ध बोल्ने मान्छे पनि डराउन थालेका छन् ।

यस पहिले आलम मुख्य आरोपी रहेकाले डरले रौतहटमा कुनै स्थानीय वकिलले पीडितको पक्षमा वकालत गर्न तयार भएका थिएनन् । बाध्य भएर काठमाडौँबाट वकिल झिकाएर आफन्तहरूले मुद्दा लडेका थिए ।

विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार पीडित परिवारले सर्वोच्च जाने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *